मंगलबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ५९ पैसा र बिक्रीदर १५२ रुपैयाँ १९ पैसा तोकिएको छ ।
यस्तै, बेलायती पाउन्ड स्टर्लिङ एकको खरिददर २०२ रुपैयाँ २ पैसा र बिक्रीदर २०२ रुपैयाँ ८२ पैसा रहेको छ । युरो एकको खरिददर १६९ रुपैयाँ ९० पैसा र बिक्रीदर १७० रुपैयाँ ५७ पैसा तोकिएको छ ।
स्विस फ्र्याङ्क एकको बिक्रीदर १८४ रुपैयाँ ४३ पैसा, अस्ट्रेलियन डलर १०६ रुपैयाँ २४ पैसा, क्यानेडियन डलर १०७ रुपैयाँ ९८ पैसा र सिंगापुर डलर ११८ रुपैयाँ ९३ पैसा रहेको छ ।
साउदी रियाल एकको बिक्रीदर ४० रुपैयाँ ५६ पैसा, कतारी रियाल ४१ रुपैयाँ ७५ पैसा, यूएई दिराम ४१ रुपैयाँ ४३ पैसा र मलेसियन रिंगिट ३७ रुपैयाँ २८ पैसा तोकिएको छ ।
कुवेती दिनार एकको बिक्रीदर ४९४ रुपैयाँ १२ पैसा, बहराइन दिनार ४०३ रुपैयाँ ५ पैसा र ओमानी रियाल ३९५ रुपैयाँ २९ पैसा रहेको छ । भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा कायम गरिएको बैंकले जनाएको छ ।