इमिग्रेशन अपडेट

होमल्यान्ड सेक्युरिटीका अधिकारीहरूद्वारा न्युयोर्कमा २,१०० भन्दा बढी आप्रवासीहरूलाई नियन्त्रणमा लिइएको घोषणा

न्युयोर्क। संघीय अधिकारीहरूले “अपरेसन रोटन एप्पल” अन्तर्गत न्युयोर्कमा २,१०० भन्दा बढी आप्रवासीहरूलाई पक्राउ गरिएको घोषणा गरेका छन्।

लोअर म्यानहट्टनमा मंगलबार गरिएको यस घोषणा कार्यक्रममा होमल्याण्ड सेक्युरिटीका अधिकारी मार्कवेन मुलिनसँगै अमेरिकी अध्यागमन तथा भन्सार प्रवर्तन (आइस) का अधिकारीहरूको पनि उपस्थिति थियो।

मुलिनले बताएअनुसार जुलाई २७ देखि अगस्ट २९ को बीचमा गरिएका ती २,१९७ जनाको पक्राउ कार्यमा न्युयोर्क शहरका मेयर जोहरान मामदानी वा न्युयोर्ककी गभर्नर क्याथी होचुलको “कुनै सहयोग” लिइएको थिएन।

अधिकारीहरूले पक्राउ परेकाहरूमा बोग्दान डेट्रोभिच ग्रेन, अपहरण, ज्यान जाने गरी गरिएको अपहरण, अवैध रूपमा हतियार राखेको र हत्याको कसुरमा दोषी ठहरिएका युक्रेनी नागरिक रहेका छन्।

आन्ड्रियास बर्नाल चिकिटो, बालबालिकाविरुद्ध यौनजन्य दुर्व्यवहार र १७ वर्षभन्दा कम उमेरका बालबालिकालाई घाइते बनाएको अभियोगमा विगतमा पक्राउ परेका कोलम्बियाली नागरिक र पाल्भिन्डर सिंह, जर्मनीमा बलात्कारको कसुरमा दोषी ठहरिएका भारतीय नागरिक रहेका छन्।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्