नेपाल

नारायणी दोभानमा सेनाको निरन्तर खोज तथा उद्धार

चितवन। रसुवामा आएको बाढीको प्रभावपछि चितवनको नारायणी नदी र राप्ती नदीको दोभान गोलाघाट क्षेत्रमा नेपाली सेनाले खोज तथा उद्धार कार्यलाई निरन्तरता दिएको छ।

भाद्र १० गते बिहान बाढी आएलगत्तैदेखि श्री नयाँ गोरख गणले गोलाघाट क्षेत्रमा खोज तथा उद्धार कार्य सुरु गरेको गणपति प्रमुख सेनानी राजेन्द्र बानियाँले जानकारी दिनुभयो। उहाँका अनुसार खोज तथा उद्धारका क्रममा नारायणी नदी तथा चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत गोलाघाट, दिव्यपुरी र गजिपुरलगायत विभिन्न स्थानबाट हालसम्म ७० शव फेला पारिएको छ। फेला परेका शव आवश्यक प्रक्रिया पूरा गरी जिल्ला प्रहरी कार्यालय चितवनलाई बुझाइएको बानियाँले बताउनुभयो।

बाढीका कारण नारायणी नदीमा बगाएर ल्याइएका मानिस तथा अन्य सामग्रीको खोजीका लागि नेपाली सेनाको टोलीले नदीका विभिन्न क्षेत्रमा निरन्तर निगरानी तथा खोजी गरिरहेको छ। नारायणी नदीमा पानीको वहाव, नदीको फैलावट तथा आसपास क्षेत्रको भौगोलिक अवस्थालाई ध्यानमा राख्दै सेनाले खोज तथा उद्धार कार्यलाई निरन्तरता दिएको जनाएको छ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्