नेपाल

फिस्लिङमा पहिरो जाँदा सडक अवरुद्ध

चितवन । पृथ्वी राजमार्ग अन्तर्गत इच्छाकामना गाउँपालिका–२ फिस्लिङको पानीधारा र चुमखोलामा पहिरो खस्दा सडकमा यातायात अवरुद्ध भएको छ । आज बिहान २ः२० बजे पहिरो गएसँग सवारी आवागमन ठप्प भएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलले अहिले बिहान ९ः०० बजेसम्म पहिरो पन्छ्याएर आवागमन सञ्चालन गर्ने गरी काम भइरहेको बताउनुभयो । अत्यधिक वर्षाका कारण बाढी पहिरोको जोखिम रहेको भन्दै आइतबार राति बन्द गरिएको नारायणगढ–मुग्लिन सडकखण्ड र चितवनको पृथ्वी राजमार्ग क्षेत्र पहिरो पन्छाएपछि सञ्चालन हुनेछ ।

स्थानीय प्रशासनले पहिरोको जोखिम हुनसक्ने भन्दै आइतबार राति १०ः०० बजेदेखि सवारीसाधन आवागमनमा रोक लगाएको थियो । नारायणगण मुग्लिन सडक हुँदै पोखरातर्फ जाने गाडी भने सञ्चालनमा आएका छन् ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्