नेपाल

डडेल्धुरामा जीप दुर्घटना : दार्चुलाका २ जनाको मृत्यु, ३ जना घाइते

बैतडी । भिमदत्त राजमार्गअन्तर्गत डडेल्धुराको अमरगढी नगरपालिका–७, खस्र्याखानमा बोलेरो जीप दुर्घटना हुँदा दार्चुलाका दुई जनाको मृत्यु भएको छ भने चालकसहित तीन जना घाइते भएका छन्।

धनगढीबाट दार्चुलातर्फ जाँदै गरेको सु.प.प्र. ०१–००१ ज १८५० नम्बरको बोलेरो जीप आज बिहान करिब २ बजे दुर्घटनामा परेको हो।

दुर्घटनामा परी मृत्यु हुनेमा दार्चुलाको अपिहिमाल गाउँपालिका–१ का अन्दाजी ४५ वर्षीय सुगन लोथ्याल र सोही ठाउँका अन्दाजी २८ वर्षीय हनु लोथ्याल रहेका छन्। जिल्ला प्रहरी कार्यालय डडेल्धुराका सूचना अधिकारी भास्कर चन्दका अनुसार घटनास्थलमै उनीहरूको मृत्यु भएको हो।

प्रहरीका अनुसार घाइते हुनेमा दार्चुलाको मार्मा गाउँपालिका का ५० वर्षीय अमरसिंह ठगुन्ना, अपिहिमाल गाउँपालिका–१ की ३५ वर्षीया सरस्वती लोथ्याल तथा जीप चालक बैतडीको डिलासैनी गाउँपालिका–२ का अमृत घरेडी रहेका छन्। घाइते तीनै जनाको डडेल्धुरा अस्पताल मा उपचार भइरहेको छ।

प्रहरीका अनुसार जीप सडकबाट करिब ४ सय मिटर तल खसेको थियो। दुर्घटनाको कारण खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्