नेपाल

राष्ट्रपति पौडेल ५० वर्षपछि आयोजित महायज्ञमा सहभागी

काठमाडौँ । राष्ट्रपति पौडेल कनक चैत्य महावीहार, सेतो मच्छिन्द्रनाथ मन्दिर परिसरमा जगत् कल्याण र शान्तिका लागि ५० वर्षपछि आयोजना भएको महायज्ञमा सहभागी हुनुभएको छ । 

आर्यावलोकीतेश्वर सुधार समूहको आयोजना भएको उक्त महायज्ञ बिहीबारदेखि सुरु भएको हो । महायज्ञको अन्तिम दिन आज राष्ट्रपति पौडेल प्रथम महिला सविता पौडेलसहित सहभागी हुनुभएको हो । महायज्ञमा अग्नि स्थापना, तोंछा पूजा, धर्म देशना, स्वस्तिक वाचन र धार्मिक पूजापाठलगायत विधिहरू समावेश गरिएको नेपालको नेवाः बौद्ध तथा तान्त्रिक परम्परा: काठमाडौँ उपत्यकाको नेवाः संस्कृति अर्थात् विशेषगरी बज्रयान बौद्ध परम्परामा अयूता हुति महायज्ञलाई अत्यन्त दुर्लभ र महत्त्वपूर्ण मानिने आर्यावलोकीतेश्वर सुधार समूहका अध्यक्ष निलकाजी शाक्यले जानकारी दिनुभयो ।

काठमाडौँको जनबहालस्थित कनक चैत्य महाविहार (सेतो मत्स्येन्द्रनाथ मन्दिर) लगायतका ऐतिहासिक विहारमा यो महायज्ञ तीन दिनसम्म विशेष तान्त्रिक विधि, पञ्चोपचार पूजा र गुठी समुदायको सहभागितामा सम्पन्न गर्ने परम्परा छ ।

राष्ट्रपति पौडेलले सो क्रममा सेतो मत्स्येन्द्रनाथ मन्दिर दर्शन गर्नुका साथै महायज्ञको हवनमा सहभागी भएर भेटी प्रदान गर्नुभयो ।

कार्यक्रममा ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठ, काठमाडौँ महानगरका कार्यवाहक नगरप्रमुख सुनिता डङ्गोललगायत विशिष्ठ व्यक्तिको सहभागिता रहेको थियो ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्