नेपाल

चिचिला ट्रेल रेसको उपाधी नारद र फुर्बु छेकीले जिते

नवीन गुरुङ, सङ्खुवासभा । सङ्खुवासभाको चिचिला गाउँपालिकाले आयोजना गरेको चिचिला ट्रेल रेसको उपाधी पुरुष तर्फ नारद राई र महिला तर्फ फुर्बु छेकी शेर्पाले जितेको छ ।

शनिबार चिचिला ट्रेल रेसमा पुरुषतर्फ प्रथम नारद राई चिचिला–४, द्धितिय रवि गुरुङ चिचिला–३, तृतीयि गणेश राई सिलिचोङ–३ र सान्त्वना प्रशान्त राई सिलिचोङ–३ विजयी भएको हो । पुरुषतर्फ ४३ जनाले सहभागिता जनाएका थिए ।

त्यसैगरी, चिचिला ट्रेल रेसको उपाधि महिलातर्फ फुर्बु छेकी शेर्पा सिलिचोङ–४, द्धितिय मिङ्मा शेर्पा खाँदबारी–४, अनुशा राई चिचिला–४ र रोजिमा राई चिचिला–४ विजयी भएको हो । महिला तर्फ १२ जनाले सहभागीता जनाएका थिए ।

विजेताहरुलाई एक कार्यक्रमबिच प्रथमलाई नगद दश हजार र प्रमाणपत्र, मेडल, द्वितियलाई नगद ७ हजार र प्रमाणपत्र, मेडल, तृतीयलाई नगद ५ हजार र प्रमाणपत्र, मेडल प्रदान गरिएको थियो । महिला र पुरुष दुवैलाई पुरस्कार समान रहेको थियो ।

खाँदबारी नगरपालिका र चिचिला गाउँपालिकाको सिमाना छ्याङकुटी डाँडादेखि सुरु भएर रमितेडाँडा–चिचिला बजार–कुवापानी, बलुथाम डाँडा–मकालु हिरक पार्क–धजे प्रवेशद्धार–गुराँसे धजे मत्स्ये समाधीस्थलहुँदै मत्स्यपोखरी कार्यक्रमस्थलसम्म १२.५ किमि दुरीको चिचिला ट्रेल रेस आयोजना गरिएको थियो । रासस

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्