राजनीति

म र मेरो परिवारको ज्यान जेनजी युवाहरूले बचाए : पूर्वप्रधानमन्त्री देउवा

पोखरा । नेपाली कांग्रेसका पूर्व सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफू पाँच पटक प्रधानमन्त्री भइसकेको भन्दै अब व्यक्तिगत रूपमा आफूलाई कुनै पदको आवश्यकता नरहेको बताउनुभएको छ ।

शनिबार पोखरामा आयोजित नेपाली कांग्रेस (शेरबहादुर देउवा पक्ष) को दोस्रो गण्डकी प्रदेश अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै देउवाले जेन्जी आन्दोलनको क्रममा आफूहरू माथि कुटपिट भएको घटना समेत स्मरण गर्नुभयो । जेनजी आन्दोलनका बेला आफू र पत्नी डा.आरजु राणा देउवा गम्भीर आक्रमणमा परेको र आफूहरूको ज्यान जेनजी युवाहरूले बचाएको बताउनुभयो । आन्दोलनका क्रममा टाउकोमा चोट लागेको उल्लेख गर्दै उहाँले उपचारका लागि हङकङ र सिंगापुर जानुपरेको पनि सुनाउनुभयो ।

आफूले जीवनभर देश र राष्ट्रका लागि काम गरेको उल्लेख गर्दै देउवाले पार्टीबाट आफूले धेरै कुरा प्राप्त गरिसकेको बताउनुभयो । ‘जीवनभर यो देश र राष्ट्रका लागि काम गरेको छु । मैले पाउनुपर्ने केही बाँकी छैन । पार्टीले मलाई पाँच पटक प्रधानमन्त्री बनाइसकेको छ,’ उहाँले भन्नुभयो, ‘म पाँच पटक प्रधानमन्त्री भएँ, अब मलाई केही चाहिँदैन । देश र जनताका लागि पार्टी बन्नुपर्छ । देश बनाउने पार्टी कांग्रेस हो ।’

मूल समारोह समितिका संयोजक मेखलाल श्रेष्ठका अनुसार गण्डकी प्रदेशका ११ वटै जिल्लाबाट एक हजार ६०१ भन्दा बढी प्रतिनिधि अधिवेशनमा सहभागी हुनुभएको छ । मंसिर ६ गते बन्द सत्र तथा निर्वाचन प्रक्रिया पोखरा–९, बाँस्तोलाथरस्थित सिल्भर पार्टी प्यालेसमा सञ्चालन हुने कार्यक्रम रहेको छ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्