नेपाल

थिमिमा ६२ वर्षपछि जीवित देवी कुमारीको दर्शनसहित टीका ग्रहण गर्ने परम्परा सुरु

“मध्यपुरथिमिमा करिब ६०÷६२ वर्षपछि आज जीवित देदी कुमारी पुज्ने, दर्शन गर्ने र टीका लगाउने परम्परा पुनः सुरु भएको छ, आज नयाँ नियुक्त कुमारीका पिता सुरेश बज्राचार्यले बोकेर कुमारीलाई मेरो घरमा ल्याउनुभयो, मैले कुमारीको हातको टीका ग्रहण गरेर दक्षिणा र सुगन दिएपछि बालकुमारी परिक्रमा गराई लायकू दरबारमा दिनभर राख्यौँ । त्यहाँ आई स्थानीयले कुमारीको हातबाट टीका ग्रहण गरे । अब यसरी यो परम्परा जारी रहन्छ ।”

भक्तपुर । भक्तपुरको मध्यपुरथिमिमा ६२ वर्षपछि यस वर्ष जीवित देवी कुमारी दर्शन गराउने परम्पराले निरन्तरता पाएको छ ।

स्थानीय शाक्य, बज्राचार्य, कर्माचार्य तथा संस्कृति संरक्षणकर्मीहरूको पहलमा धार्मिक, सामाजिक एवं ऐतिहासिक महत्त्व बोकेको कुमारी दर्शन गराउने परम्परा ६२ वर्षपछि आज सुरु भएको हो ।

मध्यपुरथिमि चपाचोकी चार वर्षीया आयुषी बज्राचार्यलाई यस वर्ष जीवित देवी कुमारीका रूपमा नियुक्त गरिएको थियो । उहाँलाई आज आदर्शस्थित लायकु दरबारमा राखेर सर्वसाधारणले दर्शन एवं कुमारीको हातबाट टीका ग्रहण गरेका थिए ।

संस्कृतिकर्मी एवं पमा नाइके श्यामकाजी पमा श्रेष्ठका अनुसार मध्यपुरथिमिमा ६२ वर्षअघि जीवित देवी कुमारीलाई पुज्ने परम्परा रहेको तर आर्थिक कारणले रोकिँदै आएको अवस्थामा धार्मिक, सामाजिक तथा सांस्कृतिक क्षेत्रका स्थानीय अगुवाहरूको पहलमा यसले निरन्तरता पाएको हो ।

राजा राय मल्ले नेपाल सम्बत ६११ मा जीवित देवी कुमारीलाई तलेजु भवानीको दोस्रो रूपमा पुज्ने गरेको इतिहास रहेको बताउँदै उहाँले अबदेखि यस परम्पराले निरन्तरता पाउने विश्वास व्यक्त गर्नुभयो ।

पमा नाइके श्यामकाजीले भन्नुभयो, “मध्यपुरथिमिमा करिब ६०÷६२ वर्षपछि आज जीवित देदी कुमारी पुज्ने, दर्शन गर्ने र टीका लगाउने परम्परा पुनः सुरु भएको छ, आज नयाँ नियुक्त कुमारीका पिता सुरेश बज्राचार्यले बोकेर कुमारीलाई मेरो घरमा ल्याउनुभयो, मैले कुमारीको हातको टीका ग्रहण गरेर दक्षिणा र सुगन दिएपछि बालकुमारी परिक्रमा गराई लायकू दरबारमा दिनभर राख्यौँ । त्यहाँ आई स्थानीयले कुमारीको हातबाट टीका ग्रहण गरे । अब यसरी यो परम्परा जारी रहन्छ ।”

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्