राजनीति
जुम्लामा बम विस्फोट : दुई घाइते, एकको अवस्था गम्भीर
नौरते नेपाली, जुम्ला । जुम्लाको हिमा गाउँपालिका –२ ओदीमा युद्धकालीन बम विस्फोट हुँदा दुई जना घाइते भएका छन्। सोमबार बिहान बम विस्फोट हुँदा हिमा गाउँपालिका–२ ओदी गाउँका १४ वर्षीय बलबहादुर रोकाया र १८ वर्षीय कमल थापा घाइते भएका हुन् ।
कमलको अवस्था सामान्य रहेको र बलबहादुरको अवस्था अलि गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालले बताउनुभयो । उहाँका अनुसार घाइतेमध्ये एक जनाको अवस्था सामान्य छ भने अर्का १४ वर्षीय बालक गम्भीर घाइते हुनुहुन्छ ।
दाहालले विस्फोट भएको बम युद्धकालीन रहेको जानकारी दिनुभयो । गम्भीर घाइते बालकको उपचार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा भइरहको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।