खेलकुद

विश्वकप लिग-२ : ओमानविरुद्ध नेपालको १० रनको जित

काठमाडौँ । आइसिसी क्रिकेट विश्वकप लिग–२ शृङ्खलाअन्तर्गत ओमानविरुद्ध नेपालले १० रनको जित निकालेको छ । जारी शृङ्खलामा नेपालको यो तेस्रो जित हो । 

ओमानको अल अमेरतस्थित क्रिकेट मैदान ९मिनिस्ट्री टर्फ १० मा टस जितेर ब्याटिङ रोजेको नेपालले दिएको ओमान सामू २८१ रनको लक्ष्य प्रस्तुत गरेको थियो । ओमानले निर्धारित ५० ओभरमा सात विकेट गुमाएर २७० रन मात्र बनाउन सक्यो ।

ओमानका लागि जतिन्दर सिंह र हमाद मिर्जाले अर्धशतकीय पारी खेले । उनीहरूले क्रमशः ८९ र ८७ रनको योगदान दिए । हसनैन साह ४० रनमा अविजित रहे । साथै हसनैन उल वहाबले १५ र कप्तान बिनायक शुक्लाले १३ रन जोडे ।

नेपालका लागि दीपेन्द्र सिंह ऐरी र ललित राजवंशीले समान दुई–दुई विकेट लिए । साथै कप्तान सन्दीप लामिछाने र नन्दन यादवले एक–एक विकेट लिए ।

नेपालको जितमा रोहितकुमार पौडेलसहित तीन ब्याटरले अर्धशतकीय पारी खेले । रोहितले ८१ बलमा दुई चौका र दुई छक्कासहित ८० रनको योगदान दिए भने दीपेन्द्रसिंह ऐरीले ६२ बलमा चार छक्का र तीन चौकाको सहयोगमा ६९ र देव खनालले ६५ बलमा चार चौका र एक छक्कासहित ५७ रनको पारी खेले । त्यस्तै, ईशान पाण्डेले २९ र बसिर अहमदले १७ बनाए ।

ओमानका लागि साह फैसलले पाँच विकेट लिए ।
यस जितसँगै नेपाल अङ्क तालिकाको छैटौँ स्थानमा उक्लिएको छ । नेपालले जारी संस्करणको लिग–२ मा ३६ खेलमध्ये १४ मा जित, २० मा र दुई खेलमा अङ्क बाँड्यो । नेपालले ३६ खेलबाट ३० अङ्क जोडेको छ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्