नेपाल

विष्णुमति नदीमा जलसतह बढ्दो, सतर्कता अप्नाउन आग्रह

काठमाडौँ। जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्र बाढी पूर्वानुमान महाशाखाका अनुसार काठमाडौँको विष्णुमती नदी गोङ्गबु जल मापन केन्द्रमा जलसतह बढ्दो छ ।

सो क्षेत्रका जलसतह सतर्कता तह नजिक पुगेकोले नदी तटीय क्षेहरुमा रहनेहरुले सतर्कता अप्नाउन अनुरोध गरिएको छ ।यसैगरी, नदी किनारको सडकबाट यात्रा गर्नेहरुले पनि सतर्कता अप्नाउन महाशाखाले सूचना जारी गरेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार सबैभन्दा बढी पानी सिन्धुपाल्चेक क्षेत्रमा परेको छ । यसका साथै चितवन, नवलपरासी सुस्ता पूर्व, कास्कीमा पनि केही ठाउँमा मध्यमसम्मको पानी परेको महाशाखाले जनाएको छ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्