साहित्य

पुस्तकालय दिवसको अवसरमा प्राज्ञ दधिराज सुवेदीको योगदानको स्मरण

विराटनगर। राष्ट्रिय पुस्तकालय दिवसको अवसर पारेर विराटनगरमा वरिष्ठ साहित्यकार तथा समालोचक प्राज्ञ दधिराज सुवेदीको साहित्यिक तथा सामाजिक योगदानको चर्चा गरिएको छ ।

परोपकार अभियान समूह विराटनगरद्वारा आयोजित एक विशेष समारोहमा वक्ताहरूले सुवेदीको बहुआयामिक व्यक्तित्व र पुस्तकालय क्षेत्रमा उहाँले पु¥याउनुभएको सेवाको स्मरण गरे ।

कार्यक्रममा मुख्य वक्ताका रूपमा बोल्दै साहित्यकार बलराम पोखरेलले दधिराज सुवेदी एक अथक साधक भएको उल्लेख गर्नुभयो । उहाँले सुवेदीको सरल जीवनशैली र साहित्यप्रतिको निष्ठाले नयाँ पुस्तालाई सधैं ऊर्जा दिने बताउनुभयो ।

यस्तै, प्राज्ञ विवश पोखरेलले सुवेदीको समालोचकीय क्षमता र साहित्यिक पत्रकारितामा उहाँले निर्वाह गरेको भूमिकाको चर्चा गर्दै उहाँ विराटनगरको साहित्यिक पहिचान भएको बताउनुभयो ।

समारोहमा प्रतिनिधिसभा सदस्य शिला दीक्षितले पुस्तकालय ज्ञानको मन्दिर भएको र दधिराज सुवेदीजस्ता व्यक्तित्वले समाजमा पठन संस्कृतिको विकास गर्न महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्नुभयो । उहाँले पुस्तकालयहरूको संरक्षण र प्रवर्द्धनमा राज्यले विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

साहित्यकारहरू कविराज न्यौपानेले आजको डिजिटल युगमा पनि भौतिक पुस्तकालयको सान्दर्भिकता उत्तिकै रहेको विचार व्यक्त गर्नुभयो । इन्टरनेटको भीडमा आधिकारिक ज्ञानका लागि पुस्तक र पुस्तकालय नै भरपर्दो स्रोत हुने उहाँको तर्क थियो ।

डा. भेषप्रसाद धमलाले सुवेदीले पुस्तकालय स्थापना र सञ्चालनका लागि देखाउनुभएको सक्रियता सबैका लागि अनुकरणीय रहेको बताउनुभयो ।

परोपकार अभियानले आयोजना गरेको यस कार्यक्रममा विराटनगरका कवि, लेखक तथा सामाजिक अभियन्ताहरूको बाक्लो उपस्थिति रहेको थियो । वक्ताहरूले सुवेदीका प्रकाशित कृतिहरू र उहाँले साहित्यिक संस्थाहरूको श्रीवृद्धिमा पु¥याएको योगदानलाई नेपाली साहित्यको इतिहासमा स्वर्ण अक्षरले लेखिने बताएका थिए ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्