मनोरंजन

दिवङ्गतको सम्झनामा गाईजात्रा

काठमाडौँ। दिवङ्गतको सम्झनामा गाईलाई अथवा परिवारका सदस्यलाई गाईका रूपमा सिँगारेर नगर परिक्रमा गराई देशभर गाईजात्रा पर्व मनाइएको छ ।

यसरी नगर परिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्ति गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास संस्कृतिविद् डा. चुन्दा वज्राचार्यले जानकारी दिनुभयो ।

उहाँले आमाको निधन भएको छ भने दुध दान दिनु पर्छ भने बुवाको निधन भएको छ भने रोटी तथा केराउ दान दिनुपर्ने बताउनुभयो ।

गाईजात्रा विभिन्न स्थानमा आआफ्नै परम्परा अनुसार मनाइएको छ । प्रत्येक वर्ष श्रावण शुक्ल प्रतिपदाका दिन मनाइने यस पर्वलाई नेपाल भाषामा ‘सापारु’ भनिन्छ ।

डा. वज्राचार्यका अनुसार प्रताप मल्लको पालादेखि प्रचलनमा आएको गाईजात्रा हनुमानढोकास्थित राजप्रसाद (राजदरबार) भएर जानुपर्ने प्रथा अहिलेसम्म पनि जारी छ ।

देशका विभिन्न सहरमा गाईजात्रा मनाइने भए पनि उपत्यकामा यसको विशेष रौनक देखिने गरेको छ ।

 

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्