राजनीति

बागमतीको मुख्यमन्त्रीमा थापा मगर नियुक्त

बागमती । बागमती प्रदेशको मुख्यमन्त्रीमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का किरण थापा मगर नियुक्त हुनुभएको छ । 

बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नेपालको संविधानको धारा, १६८ को उपधारा २ अनुसार थापा मगरलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो । उहाँलाई राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाली कम्युनिस्ट पार्टीको समर्थन रहेको छ ।

नवनियुक्त मुख्यमन्त्री थापा मगरलाई प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नियुक्तिपत्र प्रदान गर्नुभयो ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्