खेलकुद

एनभीएलमा सहभागी हुने ६ फ्रेन्चाइज टोलीका खेलाडी घोषणा

काठमाडौं । नेपाल भलिबल लिग (एनभीएल) मा सहभागी हुने ६ फ्रेन्चाइज टोलीका मार्की खेलाडी शुक्रबार घोषणा गरिएको छ ।

सगरमाथा स्म्यासर्समा हरिहजुर थापा, मधेश वारियर्समा रविन नगरकोटी, काठमाडौं रेड्समा सुनिल बोहरा, अन्नपूर्ण स्पाइकर किङ्समा हिमाल सुनारी र कर्णाली शिवराजमा पहल गहतराज र खप्तड फाल्कन्समा धिरोज बस्नेत मार्की खेलाडीका रुपमा अनुबन्ध भएका छन् ।

यसअघि एनभीएलको पहिलो संसकरणमा सहभागी हुने ६ फ्रेन्नचाइज टोलीसहित टिम मालिक, टिम लोगो, नारा, फ्रेन्चाइज टोलीका मुख्य प्रशिक्षक र सहायक प्रशिक्षक सार्वजनिक भइसकेको छ । त्यस्तै टिकेटिङ पार्टनरमा आईएमइ खल्ती लिमिटेड र ब्रोडकास्टिङ पार्टनरमा कान्तिपुर टेलिभिजनसंग सम्झौता भएको छ ।

केडिया ग्रुपको आयोजनामा ‘उचाईको नयाँ उडान’ नारा साथ नेपालमै पहिलोपटक हुन लागेको पुरुष भलिबलको फ्रेन्चाइज लिग त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को बहुद्देश्यीय कभर्डहलमा भदौ १२ देखि २० गतेसम्म हुँनेछ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्