इमिग्रेशन अपडेट

सीडिएलको चालक अनुमति पत्र डाटा डिएचएससंग साझा, ट्रक चलाउने आप्रवासीहरू माथि धर पकड सुरु

देशभरका व्यावसायिक चालक अनुमति पत्र विद्यालयहरूको अनुसन्धान गर्न डिएचएसले यातायात विभाग मार्फत डाटा संकलन  र पेश गरिएको व्यक्तिको सम्पूर्ण विवरण संकलन गरि ट्रक चलाउने आप्रवासीहरू माथि धर पकड सुरु गरेको छ।

वाशिंगटन । अमेरिकी गृह सुरक्षा विभाग (डिएचएस) ले व्यावसायिक चालक अनुमति पत्र (सीडिएल) प्रदान गर्ने विद्यालयहरूमा जालसाजीपूर्ण र गैरकानुनी गतिविधिहरू हुने दावी गर्दै अमेरिकी यातायात विभाग (डिओटि)को डाटा नियन्त्रणमा लिएको छ ।

यस नयाँ साझेदारीमार्फत, डिएचएस अन्तर्गतको ‘होमल्याण्ड सेक्युरिटी इन्भेस्टिगेसन’ (एचएसआई) ले डिओटि अन्तर्गतको ‘फेडरल मोटर क्यारियर सेफ्टी एडमिनिस्ट्रेशन’ (एफएमसीएसए) सँग मिलेर सीडिएलको डाटा हाँसिल गर्नेछ।

यसको उद्धेश्य आप्रवासीहरू अर्थात् स्थायी बसोबास नभएका व्यक्तिहरूका लागि जारी गरिएको व्यावसायिक चालक अनुमति पत्र (सीडिएल) जारी गर्दा पेश गरिएको व्यक्तिको सम्पूर्ण विवरण र पहिचान मार्फत धर पकड गर्नु रहेको छ।

सचिव मार्कवेन मुलिनले भने, ‘अमेरिकाका सडकहरूमा ट्रक र १८-पाङ्ग्रे सवारी साधनहरू चलाउने आप्रवासीहरूलाई व्यावसायिक चालक अनुमति पत्र दिइएका कारण पूर्ण रूपमा रोक्न सकिने दुर्घटनाहरूमा धेरै अमेरिकीहरूको ज्यान गएको छ ।’

देशभरका व्यावसायिक चालक अनुमति पत्र विद्यालयहरूको अनुसन्धान गर्न डिएचएसले यातायात विभाग मार्फत डाटा संकलन  र पेश गरिएको व्यक्तिको सम्पूर्ण विवरण संकलन गरि ट्रक चलाउने आप्रवासीहरू माथि धर पकड सुरु गरेको छ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्