राजनीति
सुदूरपश्चिम प्रदेशका एमालेका मन्त्रीहरू बरखास्त
धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले नेकपा एमालेका मन्त्रीलाई बरखास्त गर्नु भएको छ ।
सत्ता गठबन्धन एमालेका तीन मन्त्री र एक राजमन्त्रीलाई बरखास्त गर्नु भएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । सरकारले सदनमा पेस गरेको बजेटमा एमालेका तीन जना प्रदेश सभा सदस्यले खर्च कटौती प्रस्ताव दर्ता गराएपछि सत्ता गठबन्धन काँग्रेस र एमालेका बिच विवाद चुलिएको थियो ।
प्रदेश सरकारमा नेकपा एमालेका तर्फ भौतिक पूर्वाधार विकास मन्त्री, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री, आन्तरिक मामिला तथा कानुन मन्त्री र एक जना राज्यमन्त्री सहभागी थिए ।