नेपाल

पाँच प्रदेशमा मनसुनी वायुको प्रभाव

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल कोशी, मधेस, बागमती प्रदेशका सम्पूर्ण भूभागमा मनसुनी वायुको प्रभाव परेको छ ।

गण्डकी प्रदेशको केही भूभाग र लुम्बिनी प्रदेशको पूर्वी भूभागको थोरै स्थानमा मनसुनी वायुको प्रभाव रहेको विभागले जनाएको छ । यो वर्षको मनसुन जुन १९ गते शुक्रबार नेपाल प्रवेश गरेको थियो ।

आज राति कोशी प्रदेशका पहाडी तथा तराई भूभागका एक, दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

भोलि मङ्गलबार र पर्सी बुधबार देशका हिमाली र पहाडी भूभागका साथै कोशी प्रदेशका प्रदेशका तराई भूभागमा साधारणतया तथा मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिक बादल लाग्नेछ ।

सो दिन कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन, चट्याङ्कसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ ।

भोलि र पर्सी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा तातो लहर तथा बागमती र गण्डकी प्रदेशका तराई भूभागका केही स्थानमा पनि तातो दिन हुने सम्भावना रहेको महाशाखाको पूर्वानुमान छ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्