नेपाल

भोजपुर ट्याक्टर दुर्घटनामा घटनास्थलमै दुईको मृत्यु

भोजपुर । भोजपुरको उत्तरी षडानन्द नगरपालिका –४ दुबेस्थित चाम्लादाङबाट दिङ्ला आउँदैगरेको ट्याक्टर अनियन्त्रित भएर दुर्घटना हुँदा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । 

प्रदेश नं १–०२–००३ त १२१३ नम्बरको ट्याक्टर लकडी लिएर आउने क्रममा अनियन्त्रित भएर सडकबाट ३० मिटर तल झरेको थियो । ट्याक्टरमा सवार ६ जनामध्ये २ जनाको घटनास्थलमै मृत्यु भएको छ । घाइते ४ जनाको उपचारका लागि नगर अस्पताल दिङ्ला लगिएको जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी दिपक श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार ट्याक्टर चालक षडानन्द नगरपालिका –४ केराबारीका आइतबहादुर तामाङ र अरुण गाउँपालिका –४ चरम्बी निवासी नवीन तामाङको ट्याक्टरले किचेर घटनास्थलमै मृत्यु भएको छ ।

त्यस्तै, घाइते षडानन्द नगरपालिकाका १९ वर्षीय दाछिरी शेर्पा, २२ वर्षीय अम्बरबहादुर तामाङ, १८ वर्षीय सागर तामाङ र १८ वर्षीय सुनिता तामाङको नगर अस्पताल दिङलामा उपचार भइरहेको छ ।

शवलाई कानुनी प्रक्रिया पूरागरी पोस्टमार्टम गर्न लैजाने तयारी हुदैँछ । घटना बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्