डायस्पोरा
इन्चोनमा अन्तर्राष्ट्रिय मिडिया सम्मेलन
इन्चोन । दक्षिण कोरियाको इन्चोन शहरमा ‘इञ्चोन अन्तर्राष्ट्रिय मिडिया सम्मेलन २०२६’ सुरु भएको छ । मुख्यतः एशिया महादेशको विभिन्न देशहरूबिच आपसी सम्बन्ध विस्तार तथा भाइचारा अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको सम्मेलनमा एक दर्जनभन्दा बढी देशको मिडयाका प्रतिनिधिहरू सहभागी छन् ।
इञ्चोन ग्लोबल क्याम्पस फाउन्डेशन र मिडिया क्योङ्गिनको आयोजनामा भइरहेको यो सम्मेलन तीन दिनसम्म सञ्चालन हुनेछ। एशियाली देशको सञ्चारमाध्यमबिच आपसी सम्बन्ध स्थापना तथा यहाँका नागरिकहरूबिच जनस्तरको सम्बन्ध विस्तारका लागि यो कार्यक्रम आयोजना गरिएको हो ।
आयोजक पार्क खङ्योले भन्नु भयो, “यसबाट यो क्षेत्रको शैक्षिक, साँस्कृतिक तथा सम्पूर्ण विकासका लागि योगदान दिन सकियोस् भन्ने हाम्रो उद्देश्य हो ।”