राजनीति

एमालेद्वारा मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता

जनकपुर । नेकपा एमालेले मधेश प्रदेश सरकारलाई दिएको समर्थन आज फिर्ता लिएको छ ।

प्रदेश प्रमुख प्रा.डा.सुरेन्द्रलाभ कर्णसमक्ष सरकारलाई नेकपा एमालेको तर्फबाट सरकारमा सहभागी मन्त्रीहरू सहितको प्रतिनिधिमण्डलले आज मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र बुझाउनुभएको हो ।

विगतमा नेकपा एमालेसँग भएको १५ बुँदे सहमतिअनुसार सरकारले काम नगरेको भन्दै समर्थन फिर्ता लिएको एमाले मधेश प्रदेश संसदीय दलका नेता सरोजकुमार यादवले हस्ताक्षर गर्नुभएको पत्रमा उल्लेख गरिएको छ ।

एमालेबाट मधेश प्रदेश सरकारमा सहभागी निवर्तमान खेलकुद तथा समाज कल्याणमन्त्री लखन दास तत्माले मुख्यमन्त्रीले विगतमा भएको सहमतिअनुसार काम नगरेकाले समर्थन फिर्ता लिएको जानकारी दिनुभयो ।

यसअघि, एमालेका तर्फबाट मधेश प्रदेश सरकारमा सहभागी चार जना मन्त्रीले मुख्यमन्त्री कृष्णप्रसाद यादवसमक्ष राजीनामा दिनुभएको थियो ।

राजीनामा दिनेमा भौतिक पूर्वाधार मन्त्री मो.समीर, खेलकुद तथा समाज कल्याण मन्त्री लखन दास तत्मा, श्रम तथा यातायात मन्त्री शारदा देवी थापा र शिक्षा तथा संस्कृति मन्त्री मनोजकुमार सिंह हुनुहुन्छ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्