नेपाल

भोटेकोशी बाढीमा परेर मरेंको संख्या १२ सय ५९ पुग्यो, पाँच हजारभन्दा बढी सम्पर्कविहीन

काठमाडौँ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बिहीबार साँझ ७ बजेसम्म एक हजार २५९ जनाको शव फेला परेको छ ।

रसुवाबाट १२७, नुवाकोटबाट १७७, धादिङबाट ६०, गोरखाबाट ७२, तनहुँबाट ३८, नवलपरासी पूर्वबाट २१८, नवलपरासी पश्चिमबाट २१२ र चितवनबाट ३५५ शव फेला परेको छ ।

रसुवा जिल्ला प्रशासन कार्यालयबाट प्राप्त तथ्याङ्क अनुसार २१ सय ३० जना, नुवाकोट जिल्ला प्रशासन कार्यालयबाट प्राप्त तथ्याङ्क अनुसार २३ सय ४० जना र विदेशी नागरिक ५८३ गरी जम्म पाँच हजार ८३ जना सम्पर्कविहीन बनेका छन् ।

हालसम्म उद्धार गरिएकाहरुको सङ्ख्या १२ हजार ३८, हालसम्म सनाखत भइ बुझिलिएको शवको सङ्ख्या ९५, हालसम्म उपचार गरिएका घाइतेको सङ्ख्या पाँच हजार ३८४ रहेको छ ।

सुरक्षाकर्मी परिचालन २१ हजार ४०२ जना, हाल होल्डिङ सेन्टरमा रहेकाको सङ्ख्या तीन हजार ८४४ जना रहेका छन् ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्