नेपाल

करिब १२ हजारको उद्धार, ९८७ को शव फेला

काठमाडौँ। रसुवाको भोटेकोशी नदीमा गएको बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या ९८७ पुगेको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार मङ्गलबार बिहानसम्म सबैभन्दा धेरै चितवनमा ३२१ जनाको शव फेला परेको छ । साथै नवलपरासी पूर्वमा २१६, नवलपरासी पश्चिममा १७०, नुवाकोटमा ९५, गोरखामा ६५, धादिङमा ५५, तनहुँमा ३८ र रसुवामा २७ जनाको शव फेला परेको छ ।

यसैगरी, तीन हजार ९१६ जना सम्पर्कविहीनमध्ये नेपाल प्रहरीका २५, नेपाली सेनाका ४५, सशस्त्र प्रहरी बल, नेपालका १३, भन्सार कार्यालयका १५, अध्यागमन कार्यालयका तीन जना राष्ट्रसेवक कर्मचारी रहेका छन् ।

हालसम्म घाइते २७९ जना रहेको र उपचारपछि विभिन्न अस्पतालबाट ‘डिस्चार्ज’ हुनेको सङ्ख्या १६८ तथा ११ हजार ८१४ जनाको उद्धार भइसकेको प्राधिकरणले जनाएको छ । हालसम्म २१ हजार ११ जना सुरक्षाकर्मी परिचालित भएको प्राधिकरणले जनाएको छ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्