राजनीति

रास्वपा सभापति लामिछाने र राष्ट्रपति पौडेलबिच भेट

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्र्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गर्नुभएको छ । 

भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढी, त्यसबाट भएको क्षतिसँगै उद्दार र राहतका लागि भइरहेका गतिबिधिबारे राष्ट्रपति पौडेललाई सभापति लामिछानेले बिफ्रिङ गराउनुभएको थियो ।

सभापति लामिछाने र प्रधानमन्त्री वालेन शाहबिच सोमबार नै भेटवार्तासमेत भएको थियो । उक्त भेटमा लामिछानेले प्रधानमन्त्री शाहसँग सरकारले गरिरहेको कामबारे जानकारी लिनुभएको थियो ।

प्रधानमन्त्रीसँगको जानकारीपछि सभापति लामिछानेले यसबारे राष्ट्रपतिलाई बिफ्रिङ गर्नुभएको हो ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्