नेपाल
भोटेकोशीको बाढी सतहभन्दा झण्डै एक सय मिटर माथिसम्म पुग्यो
रसुवा । आज बिहान भोटेकोशीमा आएको भीषण बाढीले नदी आसपासका रसुवाका बस्तीमा ठूलो क्षति पुर्याएको छ।
रसुवाको स्याफ्रुबेँसी, टिमुरेलगायतका क्षेत्रमा बाढी नदीको सतहभन्दा झण्डै एक सय मिटर माथिसम्म पुगेको बताइएको छ। बाढीका कारण ती क्षेत्रहरूमा ठूलो मात्रामा जनधनको क्षति भएको हुनसक्ने अनुमान गरिएको छ।
बाढीबाट प्रभावित क्षेत्रमा नेपाली सेनाको हेलिकप्टरसहित सुरक्षाकर्मी परिचालन गरी खोज तथा उद्धार कार्य भइरहेको छ। क्षतिको विस्तृत विवरण भने प्राप्त हुन बाँकी छ।