अर्थ

बजेटको प्रभावकारी कार्यान्वयन गर्न अर्थमन्त्री डा वाग्लेद्वारा निर्देशन

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३-८४को बजेट कार्यान्वयनका लागि समयबद्ध काम गर्न सम्बन्धित पदाधिकारी र सचिवहरूलाई निर्देशन दिनुभएको छ ।

अर्थ मन्त्रालयमा आज प्रभावकारी रूपमा बजेट कार्यान्वयन गर्ने विभिन्न मन्त्रालयका सहभागी सचिवलाई बैठकमा सो निर्देशन दिनुभएको उहाँको सचिवालयले जनाएको छ ।

बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा गुणाकर भट्ट र अर्थ सचिव घनश्याम उपाध्यायसहित पूर्वाधार विकास, उद्योग वाणिज्य, कृषि, स्वास्थ्य, शिक्षा, परराष्ट्र, संस्कृति पर्यटन तथा नागरिक उड्डयन, श्रम, महिला बालबालिका, गृह, एवं रक्षा मन्त्रालयका सचिवको सहभागिता थियो ।

यही साउन १ गतेदेखि नयाँ आर्थिक सुरु भएपछि बजेटको कार्यान्वयनमा अर्थ मन्त्रालयले अग्रसरता लिएको हो ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्