अर्थ

राष्ट्र बैङ्कमा राजनीतिक अभिष्ट साँध्नुहुँदैन : अर्थमन्त्री डा.वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले राष्ट्र बैङ्कमा राजनीतिक अभिष्ट साँधेर गभर्नरलाई पनि निजामती कर्मचारीजस्तै एउटा कार्यालयबाट अर्को कार्यालयमा सरुवा गर्ने र निकाल्ने जस्तो कार्य गर्न नहुने बताउनुभएको छ । 

प्रतिनिधिसभाको अर्थ समितिले आज सिंहदरबारमा आयोजना गरेको नेपाल राष्ट्र बैङ्क ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकमाथि प्रारम्भिक छलफल कार्यक्रममा बोल्दै अर्थमन्त्री डा वाग्लेले राष्ट्र बैङ्कको गभर्नरलाई राजनीतिक हस्तक्षेप गरेको खण्डमा घातक परिणाम आउने बताउनुभयो ।

“नेपाल राष्ट्र बैङ्क ऐन, २०५८ मा यसले धेरै राम्रा पक्षहरू समेटेको थियो । त्यो ऐनले गभर्नरको नियुक्तिलाई पनि स्थायी स्वरूपको बनाएको छ,” उहाँले भन्नुभयो, “राजनीतिक अभिष्ट साँधेर गभर्नरलाई पनि निजामती कर्मचारी जस्तै कहिले एउटा कार्यालय, कहिले अर्को कार्यालयमा सरुवा वा निकाल्ने काम गर्नुहुँदैन । राष्ट्र बैङ्क भनेको एउटा स्वायत्त र स्वतन्त्र निकाय जस्तै हो । राजनीति गरियो भने त्यहाँ घातक हुने देखिन्छ ।’’

अर्थमन्त्री डा.वाग्लेलेले राष्ट्र बैङ्क ऐनलाई पनि समयसापेक्ष गराउन  जरुरी भएर विधेयकलाई व्यवस्थित गर्न खोजेको बताउनुभयो । “राष्ट्र बैंकका संरचना र बोर्डलाई पनि समयानुकूल बनाउन खोजेका छौँ,” उहाँले भन्नुभयो, “गभर्नर र सञ्चालकहरूको नियुक्ति तथा कार्य र कर्तव्यलाई पनि व्यवस्थित गराउन खोजेका छौँ ।”

अर्थमन्त्री डा वाग्लेले असल नियतले गरिएको कामलाई कारबाही नगरिने खालको विषयवस्तुलाई पनि विधेयकमा समेटिएको बताउनुभयो ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्