खेलकुद

स्पेन र फ्रान्स फिफा विश्वकपमा २० वर्षपछि आमनेसामने हुँदै

काठमाडौँ । दुई युरोपेली राष्ट्रहरू स्पेन र फ्रान्स फिफा विश्वकपमा २० वर्षपछि आमनेसामने हुन लागेका छन् ।

बुधबार हुने फिफा विश्वकप २०२६ को सेमिफाइनलमा दुई देशबीच खेल हुन लागेको हो । विश्वकपमा फ्रान्स र स्पेन पछिल्लो पटक जर्मनीमा भएको सन् २००६ को विश्वकपमा खेलेका थिए । उक्त खेलमा फ्रान्स ३–१ ले विजयी भएको थियो ।

अन्तिम १६ को खेलमा स्पेनलाई हराएको फ्रान्सले फाइनलसम्मको यात्रा गरेको थियो । उपाधि भिडन्तमा इटलीसँग पेनाल्टी सुट आउटमा पराजित फ्रान्स उपविजेतामा सीमित भएको थियो ।

विश्वकपको मञ्चमा दुई राष्ट्रबिच यो नै पछिल्लो तथा पहिलो भिडन्त रहेको थियो । समग्र अन्तर्राष्ट्रिय फुटबलमा भने दुईबिच ३८ खेल भएको छ । जसमा स्पेन १८ र फ्रान्स १३ खेलमा विजयी हुँदा ७ खेल बराबरीमा सकिएको छ ।

स्पेन र फ्रान्सबीच पछिल्लो वर्षको जुन ६ मा भएको नेसन्स लिगको सेमिफाइनलमा खेल भएको थियो । सो खेलमा स्पेनले ५–४ ले नतिजा आफ्नो पक्षमा पारेको थियो ।

दोस्रो सेमिफाइनलमा भने अर्जेन्टिना र इंग्ल्यान्डले प्रतिस्पर्धा गर्दै छन् । लामो अन्तर्राष्ट्रिय करिअरमा मेसी पहिलो पटक इंग्ल्यान्डको सामना गर्न लागेका हुन् ।

विश्वकप इतिहासमा अर्जेन्टिना र इंग्ल्यान्डबीच हालसम्म पाँच पटक भेट भएको छ । सन् १९६२ मा पहिलो भेटमा इंग्ल्यान्ड विजयी भएको थियो भने १९६६ मा पनि अर्जेन्टिनालाई हराउँदै इंग्ल्यान्डले विश्वकप उपाधि जितेको थियो।

सन् १९८६ को विश्वकपमा डिएगो म्याराडोनाको चर्चित ‘ह्यान्ड अफ गड’ गोल र ‘शताब्दीको उत्कृष्ट गोल’ को मद्दतमा अर्जेन्टिनाले इंग्ल्यान्डलाई पराजित गर्दै अन्ततः विश्वकप उपाधि जितेको थियो ।

सन् १९९८ को विश्वकपमा डेभिड बेकह्याम रातो कार्ड पाएपछि पेनाल्टी सुट आउटमा इंग्ल्यान्ड प्रतियोगिताबाट बाहिरिएको थियो । त्यसको चार वर्षपछि सन् २००२ को विश्वकप समूह चरणमा बेकह्यामकै पेनाल्टी गोलको मद्दतमा इंग्ल्यान्डले १–० को जित निकाल्दै त्यसको बदला लिएको थियो । सन् २००५ पछि भने यी दुई फुटबल महाशक्तिबिच कुनै पनि अन्तर्राष्ट्रिय खेल भएको छैन ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्